logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए १०५ जना कोरोना संक्रमित, २ जनाको मृत्यु


अंकुरण खबर
1.001K
Shares

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार २ सय ७२ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार २३ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८८ हजार ३ सय ७२ पुगेको छ ।