logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 बाल बिवाह गरेको आरोपमा दाङमा बेहुला पक्राउ


अंकुरण खबर
1.001K
Shares

दाङमा बालबिवाह गरेको आरोपमा प्रहरीले बेहुलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही ९ बस्ने  २८ वसन्त चौधरी रहेका छन् । चौधरीले केहि दिनअगाडि घोराही १० नारायणपुरकी एक बालिकासँग बाल बिवाह गरेका थिए । बाल बिवाहबारे स्थानीयले उजुरी दिएपछि बेहुला र बेहुलीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।

पक्राउ परेका चौधरीले माघ १० गते नारायणपुरबाट बिहे गरेको र माघ २२ गते माइती पक्षले भित्र्याएको प्रहरीलाई बयान दिएका थिए । उनले बेहुलीलाई अभिभावकको जिम्मा लगाएर छाडिएको र बेहुला प्रहरी हिरासतमा रहेको प्रहरीले जानकारी दिएको छ ।

दाङका डिएसपी तथा प्रवक्ता मुकुन्द रिजालका अनुसारप्रहरीको मुद्दा फाटले केटी पक्षलाई जन्म दर्तासहित उमेर खुल्ने कागज ल्याउन भनिसकेको र  उमेर खुल्ने कागज आएर बाल बिवाह गरेको देखिएमा कानुनी प्रकृया अघि बढ्ने जनाएको छ ।