logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चट्याङ लागेर रुकुम पश्चिममा श्रीमानको मृत्यु, श्रीमती घाइते


अंकुरण खबर
1.638K
Shares

रुकुम पश्चिमको मुसीकोट नगरपालिका-६, मा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ ।

शुक्रबार बेलुका ८ बजेतिर परेको चट्याङ लागेर गवारीका अन्दाजी ४३ वर्षीय भिमबहादुर बोहराको मृत्यु भएको हो ।

घरमै बसेका बेला चट्याङ लागेका बोहराको घटनास्थलमै मृत्यु भएको थियो भने उनकी ३५ वर्षीया सीता बोहरा घाइते भएको प्रहरीले जनाएको छ ।

खाना खाएर अगेनामा आगो तापेर बसिरहेका बेला चट्याङ लागेको जनाइएको छ ।