पोखरामा शुक्रबार साँझ गोली चल्दा एकजना गम्भीर घाइते भएका छन् ।
पोखरा-१४ महतगौंडामा अपरिचित व्यक्तिको गोली प्रहारबाट होमबहादुर विक घाइते भएका हुन् ।
पर्वत स्थायी घर बताउने विक बिजुली सम्बन्धी काम गर्दथे । घटनास्थललाई अहिले सिल गरी सुरक्षा कडा गरिएको छ ।
विक आफैं मोटरसाइकल चलाएर प्रहरीकहाँ पुगेको जिल्ला प्रहरी कार्यालय, कास्की प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।
प्रहरी घटनाको अनुसन्धानकै क्रममा छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
गोली लागी घाइते भएका विकको अस्पतालमा उपचार भइरहेको छ ।