logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीनको मृत्यु, २ जना घाइते


अंकुरण खबर
2.262K
Shares

माटोको ढिस्कोले पुरिएर कैलालीमा ३ जनाको मृत्यु भएको छ भने दुई घा‍इते भएका छन ।

जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा घर पोत्ने माटो खन्दा आज उनीहरुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पूर्वी खैरीफाटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विक रहेका छन् ।

उक्त घटनामा परी काजल विक र अञ्जु जैगढी घाइते भएका छन । घाइतेहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बताए ।