पछिल्लो २४ घण्टामा नेपालमा ९९ जना कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ सय ४८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।
आज कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल ९५ जना क्वारेन्टाइनमा छन् ।
यस्तै, गत २४ घण्टामा २ हजार ७ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा ९९ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ९१ हजार १ सय ६६ पुगेको छ ।