logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा वर्षा, चन्द्रागिरी र फुलचोकी डाँडामा सेताम्यै हिउँ


अंकुरण खबर
2.184K
Shares

शनिबार दिउँसो काठमाडौं उपत्यकामा सामान्य वर्षा भएको छ ।

काठमाडौंको चन्द्रागिरी, फुलचोकीलगायत केही डाँडामा सामान्य हिमपात पनि भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालका केही भूभागमा हल्का वर्षा भएको छ भने उच्च पहाडी क्षेत्रमा हल्का र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ ।

महाशाखाले आज राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुने र प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।