logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पानी परेसँगै उपत्यकामा चिसो बढ्यो


अंकुरण खबर
1.508K
Shares

हाल काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा पानी परिरहेको छ ।

मौसम विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण मुलुकमा वर्षा तथा हिमपात भइरहेको हो। काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश भूभागमा शनिवार हल्का देखि मध्यम खाले वर्षा भइरहेको छ ।

बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा प्रदेश १ का अधिकांश भूभागमा पानी परिरहेको विभागले जनाएको हो । उपत्यकामा पानी परेसँगै अरु दिनको तुलनामा चिसो बढेको छ ।

प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ । देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात भएको विभागले जनाएको छ ।