प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलन समूहले शनिबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
शनिबार काठमाडौंको माइतिघरमा समूहले गरेको प्रदर्शनमा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितका अगुवाहरुको सहभागी थिए ।
प्रधानमन्त्री केपी शओलीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि नागरिक अभियन्ताहरुले निरन्तर विरोधका कार्यक्रम गर्दै आएका छन् । ओलीको कदम प्रतिगमन भएको भन्दै नसच्चिएसम्म प्रदर्शनलाई जारी राख्ने प्रदर्शनका सहभागीहरुले बताएका छन् ।