logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वर्षा र हिमपातपछि बढ्यो चिसो, आजबाट मौसम सुधार हुने


अंकुरण खबर
871
Shares

पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले मुलुकका विभिन्न भागमा भएको वर्षा र हिमपातपछि मुलुकभरको तापक्रममा गिरावट आएको छ ।

तापक्रम घट्दा चिसो बढेको अनुभूति भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम १ डिग्री सेल्सियस छ । यो शनिबारको भन्दा कम हो । शनिबार बिहानको न्युनतम तापक्रम ७ डिग्री मापन गरिएको थियो ।

विभिन्न स्थानमा शुक्रबार र शनिबार वर्षा र हिमपात भएपछि मुलुकका अधिकांश स्थानको तापक्रम घटेको छ । तर आजबाट क्रमिक रूपमा मौसम खुल्दै जाने भएकाले अब तापक्रम बढ्दै जाने मौसमविद्को पूर्वानुमान छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा आज पनि पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ तर वर्षाको सम्भावना छैन ।

महाशाखाका अनुसार हाल प्रदेश-१ का पहाडी भेगमा सामान्य वदलीको अवस्था छ । अन्यत्रको मौसम भने सफा रहने पूर्वानुमान गरिएको छ ।

वर्षा र हिमपातको सम्भावना नरहे पनि चिसो अझै रहिरहने तथा तराईका भू-भागमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन भने महाशाखाले आह्वान गरेको छ ।

आज दिउँसो स् प्रदेश १ को पहाडी भू-भागमा आंशिक वदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, आज राति प्रदेश १ को पहाडी भू-भाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।