logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुख सापकोटाद्वारा दायर रिटमाथि आज सुनुवाइ हुँदै


अंकुरण खबर
676
Shares

सर्वोच्च अदालतमा राष्ट्रपति कार्यालय तथा अन्य‍ ३९ जनालाई विपक्षी बनाएर सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट निवेदनमाथि आज (आइतबार) सुनुवाई हुँदैछ ।

सभामुख सापकोटाले शुक्रबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीलगायत ३९ लाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । उक्त रिटमा अदालतले आजका लागि पेसी तोकेको थियो ।

सभामुखले प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित संवैधानिक निकायमा नियुक्ति लिएका सबै जनालाई कानुनी चुनौती दिएका छन् ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगसहित विभिन्न निकायमा तीन दर्जनभन्दा बढी सिफारिस गरेको थियो ।

तीमध्ये ३२ जनाले गत बुधवार राष्ट्रपति कार्यालयमा शपथ लिएका थिए । शपथग्रहण समारोहमा सभामुख सापकोटा र उपराष्ट्रपति नन्दकिशोर पुन अनुपस्थित रहेका थिए ।