logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधि सभा विघटनविरुद्धको बहसमा आज पनि सुनुवाई हुदैँ


अंकुरण खबर
884
Shares

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाई हुने भएको छ ।

रिट निवेदकको तर्फबाट बहस सकिएपछि सरकारी वकीलहरुले बहस सुरु गरेका छन् । आज हुन लागेको १९ औं बहस हो भने सरकारी वकिलहरुले नै बहसलाई निरन्तरता दिनेछन् ।

शुक्रबार सरकारका तर्फबाट सहन्यायाधिवक्ताहरु सञ्जीवराज रेग्मी, लोकनाथ पराजुली र खेमराज ज्ञवालीले बहस गरेका थिए । उनीहरुले प्रतिनिधि सभा विघटनको पक्षमा बहस गर्दै प्रधानमन्त्रीलाई विघटन गर्ने असिमित अधिकार हुने तर्क गरेका थिए ।

यसअघि सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, प्रधानमन्त्रीका तर्फबाट सुशील पन्त, नायब महान्यायाधिवक्ताहरु पद्मप्रसाद पाण्डे र नारायण पौडेलले बहस गरेका थिए ।

निट निवेदकको तर्फबाट ६८ कानुनव्यवसायीले बहस सकिसकेका छन् ।