logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ११९ संक्रमित, ३ जनाको मृत्यु


अंकुरण खबर
741
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ११९ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ६० जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ ।

आज कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या २ हजार ३८ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ सय १५ छ । ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।