कैलालीको गौरीगंगा नगरपालिका-३ का वडा सदस्य निरज चौधरीलाई प्रेमिका हत्याको आशंकामा प्रहरीले पक्राउ गरेको छ ।
प्रेमिका सञ्जिता चौधरी हत्या आशंकामा सोधपुछका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको बताए ।
सञ्जिता चौधरी आइतबार बिहान वडा सदस्य चौधरीको कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेकी थिइन् ।
मृतकका दाजु रमेश चौधरीका अनुसार विगत १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी सञ्जितालाई झुक्याएर उनले हालै अर्को विवाह गरेका थिए ।
चौधरी पासो लगाएको अवस्थामा भेटिएपनि खुट्टा भुईमा टेकिएको र बाहिरबाट ताल्चा लगाएका कारण हत्या भएको आशंका गरिएको छ ।
मृतक चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।