logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भयो : नेपाल


अंकुरण खबर
1.235K
Shares

नेकपा दाहाल नेपाल पक्षका नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन ।

आइतबार श्रमिक भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले माक्र्सवादलाई अवसरवादको रुपमा बुझि आफ्नो स्वार्थको साधन बनाउन चाहेको आरोप लगाए ।

अध्यक्ष नेपालले आफुहरुमा संविधानप्रति माया, ममता स्वामित्वबोधको भावना भएका कारण यसलाई बिग्रिन र छिन्नभिन्न हुन नदिने बताए ।

आफुहरुले कुर्सीको हानाथाप नगरी न्याय र सत्यको लागि आवाज उठाइरहेकाले आफुहरुको बाटो सहि रहेको उनको भनाई थियो ।