सर्वोच्च अदालतले संवैधानिक आयोगका नियुक्तिविरुद्ध परेका तीनवटै रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
सभामुख अग्नि सापकोटाले शुक्रवार आफैं अदालत गएर राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, प्रधानन्यायाधीश, संवैधानिक परिषद र नियुक्ति भएका सबै पदाधिकारीलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । रिटमा नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको थियो ।
तर, आइतबार न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले माग गरिए बमोजिम अन्तरिम आदेश जारी गरेन । यसअघि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको रिटमा जस्तै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
नियुक्ति विरुद्ध नै सभामुख सहित अधिबक्ता मनोज कुमार, इन्द्र प्रसाद, रामशरण, बुद्धिराम, नरेन्द्र पासवान, संजय कुमार, राज र शैलेन्द्र अम्बेडकर तथा निशान्त बाबु खड्का समेतले पनि रिट निवेदन दायर गरेका थिए ।
सभामुख सापकोटा सहित विभिन्न अधिवक्ताहरुको तीनवटै रिटमा अदालतले कारण देखाउ र अग्राधिकार दिने आदेश जारी गरेको हो ।