नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।
सोमबार छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुन तोलाको ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन पनि तोलामा दुई सय रुपैयाँले घट्दै ८९ हजार नौ सय ५० रुपैयाँ कायम भएको छ ।
तर चाँदीको भाउ भने प्रतितोला पाँच रुपैयाँले बढ्दै १३ सय १५ रुपैयाँ कायम भएको छ । आइतबार भने चाँदी प्रतितोला १३ सय १० रुपैयामा कारोबार भएको थियो ।