logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिम प्रदेशको हिँउदे अधिवेशन आजदेखि


अंकुरण खबर
3.042K
Shares

सुदूरपश्चिम प्रदेशको हिँउदे अधिवेशन आज (सोमबार) सुरु हुँदै छ ।

बजेट अधिवेशन सकिएको झण्डै ६ महिनापछि हिँउदे अधिवेशन सुरु हुन लागेको हो । प्रदेश सभाको एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन सुरु गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।

प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले दिउँसो १ बजे हिउँदे अधिवेशनको पहिलो बैठक बोलाईएको जानकारी दिए ।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरिएयता बस्न लागेको प्रदेश सभा बैठकलाई चासोका साथ हेरिएको छ । संसद् विघटनपछि सत्तारूढ नेकपा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजन भएको छ। नेकपा फुटको असर प्रदेशमा पनि देखिएको छ ।

ओलीपक्षिय भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा बर्खास्त गरिएपछि र आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहराले राजीनामा दिएपछि सुदूरपश्चिम प्रदेशमा प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा सरकार छ ।

सुदूरपश्चिम प्रदेशका जम्मा ५३ सांसदमध्ये नेकपाका ३९, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना छन् । नेकपाका ३९ सांसदमध्ये प्रधानमन्त्री ओली पक्षमा ७ जना मात्र छन् ।