logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राति कोठामा बोलाएर नशालु पदार्थ खुवाई बलात्कार गरेको आरोपमा चौधरी पक्राउ


अंकुरण खबर
2.405K
Shares

मोरङको कानेपोखरी गाँउपालिकामा एक किशोरीले आफूलाई राती कोठामा बोलाएर नशालु पदार्थ खुवाई बलात्कार गरेको आरोप लगाएकी छन्।

गत बिहीबार राति कानेपोखरी-२ का २९ वर्षीय प्रेम चौधरीले १७ वर्षीया एक किशोरीलाई  बलात्कार गरेको आरोपमा उनीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

प्रहरीका अनुसार चौधरीले घटनाको भोलिपल्ट शुक्रबार बिहान युवतीलाई घर पठाएका थिए। किशोरी, चौधरीकै घरनजिक बेहोस अवस्थामा भेटिएकी थिइन्।

पीडित किशोरीको उपचारमा संलग्न चिकित्सकका अनुसार बलात्कार गर्नुअघि र पछि किशोरीलाई नशालु पदार्थ खुवाइएको पाइएको छ।

हाल पीडित किशोरीको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे ईलाका प्रहरी कार्यालय पथरीशनिश्चरेमा जाहेरी दिएपछि प्रहरीले चौधरीलाई पक्राउ गरेको छ।

चौधरीले सहमतिमै दुई जनाबीच यौनसम्पर्क भएको प्रहरीलाई बताउँदै आएका छन् ।  ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले घटनामा संलग्न भनिएका चौधरीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर बाँकी अनुसन्धान थालिएको जानकारी दिएका छन् ।