ललितपुरको गोदावरी नगरपालिका-३ फूल्चोकी डाँडामा हराइरहेका दुईजनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।
काठमाडौं कलंकी बस्ने सिन्धुलीको सुनकोशी गाउँपालिका-६ का २१ वर्षीय प्रशान्त थापा र दोलखा मेलुङ गाउँपालिका-३ घर भएका १९ वर्षीय सुरेश केसीलाई प्रहरीले सकुशल उद्दार गरेको हो ।
फूल्चोकी डाँडामा घुम्न गएका युवक हराएको खबर पाएपछि खोजीका लागि खटिएको महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरको प्रहरी टोलीले उनीहरु सकुशल उद्धार गरेको हो ।
प्रहरीका अनुसार दुवैजनालाई गोदावरी नगरपालिका-२ चापाखर्कमा अलपत्र अवस्थामा फेला परेका हुन् । दुवैजनालाई अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।