logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलि प्रतिनिधिसभा विघटन मुद्दाको बहस नहुने


अंकुरण खबर
741
Shares

प्रतिनिधिसभा विघटन मुद्दाको बहस भोलि नहुने भएको छ ।

न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस नहुने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा मंगलबार बहस नहुने जानकारी गराएका छन् ।

अब माघ २८ गते प्रतिनिधिसभा विघटन मुद्दामा सरकार पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् ।

गत सोमबारदेखि रिटको विरुद्ध सरकारी अधिवक्ताहरुले आफ्नो दलिल पेश गर्दै आएका छन् । सोमबारको इजलासमा समयलाई लिएर प्रधानन्यायाधीश र अधिवक्ताहरुको केहीबेर भनाभन भएको थियो ।

त्यस्तै आजको बहसमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले सार्वभौम अधिकार जनातामा नरहेको दावीसहितको दलिल पेश गरे ।