logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै


अंकुरण खबर
1.352K
Shares

प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदै छन् ।

निर्वाचन तयारी र नेकपाभित्रको आधिकारिकता विवादलगायतका विषयमा कुराकानी गर्न उनी आयोग जान लागेका हुन् ।

प्रधानमन्त्री ओली विहान एघार बजेपछि आयोग पुग्ने कार्यक्रम रहेको छ । जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा रहेका प्रधानमन्त्रीले आयोगका कामबारे पनि जानकारी लिने बताइएको छ । चुनावका कार्यक्रमलगायत विषयमा आयोगको ध्यानाकर्षण पनि उनले गराउने बुझिएको छ ।

आयोगले आधिकारिकता विवादमा छलफल गर्न यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।

प्रतिनिधिसभा विघटनपछि पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका थिए । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि पहिलोपटक आयोग जान लागेका हुन ।