logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कलाकार पुजा गहतराजको सवारी दुर्घटनामा मृत्यु


अंकुरण खबर
2.184K
Shares

रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा परि कलाकार पुजा गहतराजको मृत्यु भएको छ ।

बुटवल भैरहवा सिद्धार्थ राजमार्गको ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार पूजाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ठक्कर दिने बसलाइ इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । २६ बर्षिया पूजा गहतराज नृत्यङ्गना हुन् भने न्यू इन्भारोमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत थिइन् ।

उनको निधनपछि कलाकाहरुले सामाजिक सञ्जाल मार्फत मृतआत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गरेका छन् ।