काठमाडौंको तारकेश्वर नगरपालिका ८ स्थित मनमैजु फुटुङमा रहेको एक उद्योगमा भीषण आगलागी भएको छ ।
पानपराग उद्योगमा राति झण्डै साढे १ बजे शुरु भएको आगो बिहान ४ बजे मात्रै नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल परिचालन गरिएको थियो ।
ट्यांकर, दमकलसहित स्थानीय र प्रहरीले आगो निभाएका हुन् । आगलागीबाट पानपराग बनाउने कच्चा पदार्थ र ६ वटा मेसिन जलेर नष्ट भएक छन् ।
क्षतिको पुर्ण विवरण संकलन हुन बाँकी छ । उद्योगमा काम गर्ने कर्मचारीले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिएका छन् ।