logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हातहतियारसहित रोल्पामा दुई जना पक्राउ


अंकुरण खबर
650
Shares

रोल्पा नगरपालिका-१० धाङसीखोलाबाट प्रहरीले दुई थान भरूवा बन्दुक, फलामका टुक्रा, बारूद र एक थान खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँस्थित चिउरीडाँडा बस्‍ने २५ वर्षीय प्रकाश बुढा र ३९ वर्षीय नरबहादुर घर्ति रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पा र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा उनीहरूलाई हतियारसहित फेला पारी सोमबार पक्राउ गरेको  हो ।