logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-माधव पक्षले बोलायो सचिवालय बैठक, भोलिको प्रदर्शनबारे छलफल हुने


अंकुरण खबर
845
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।

बुधबार हुने जन प्रदर्शनबारे छलफल गर्न सचिवालय बैठक बसिरहेको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव पक्ष सडक आन्दोलनमा निस्किएको छ । आम हड्ताल समेत गरिसकेको उक्त पक्षले सडक आन्दोलनलाई अझ सशक्त बनाउने बताएको छ ।

यसअघि माघ २३ गते प्रधानमन्त्री ओली समूहले दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको शक्ति प्रदर्शन गरेको थियो ।