logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेयर बजारमा २९ अंकको करेक्सन


अंकुरण खबर
832
Shares

सेयर बजारको परिसूचक नेप्सेमा मंगलबार २९ अंकको करेक्सन देखिएको छ।

अघिल्ला दुई दिनसम्म नयाँ रेकर्ड बनाएको परिसूचकमा यस दिन २९ अंकको सुधार आएसँगै २५३२ अंकमा कायम भएको हो।

कारोबार हुँदै गर्दा केही बेर समस्या भएपछि कारोबार रकम भने घटेको छ। आज ६ अर्ब ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यद्यपि ३५ मिनेट कारोबारको समय थप गरिएको थियो।

आज बैंकिङ ९, ब्यापार ४९, होटल ३२, जलविद्युत २९, निर्जीवन बीमा २३७, उत्पादन ९८, अन्य ३३, माइक्रोफाइनान्स १२८ र जीवन बीमा समूह २७४ अंकले घटेका छन्।  विकास बैंक २५ र फाइनान्स समूह भने १२ अंकले बढेका छन्।

आज गुडविल फाइनान्सको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ। श्री इन्भेष्टमेन्ट फाइनान्स र समृद्धि फाइनान्सको मूल्य ९.५ प्रतिशतले बढेको छ। लुम्बिनी विकास बैंकको संस्थापक समूहको मूल्य ९.२ प्रतिशतले बढेको छ।

सपोर्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ५.८ प्रतिशतले घटेको छ। ग्रामीण विकास लघुवित्त कारोबारका आधारमा सबैभन्दा अगाडि रह्यो। सो कम्पनीको २८ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै प्रभु बैंकको २४ करोडको किनबेच भयो।