logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किसान र बजारलाई जोड्ने विधि बनाउँछौं : मन्त्री अर्याल


अंकुरण खबर
663
Shares

कृषी तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताएकी छन् ।

मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै मन्त्री अर्यालले किसानले पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने बताएकी हुन् । उनले बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिका लागि मन्त्रालयले तयारी थालेको स्पस्ट पारिन्।

सरकारले किसानले उत्पादन गरेको वस्तुको बजार सुनिश्चित गर्ने मन्त्री अर्यालले भनाइ छ । उनले किसानलाई मलको समस्या हुन नदिन भण्डारण क्षमता विस्तार गरिने पनि बताएकी छन् ।

मन्त्री अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यवस्थित ल्याब रहेको भन्दै नागरिकको स्वास्थ्यप्रति सरकार सचेत रहेको बताईन् ।