logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको तापक्रम ६.५ डिग्री सेल्सियस, दिनभर मौसम बदली


अंकुरण खबर
1.378K
Shares

काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ ।

बिहान साढे ६ बजेको तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।

“आज दिउँसो काठमाडौंको तापक्रम २१-२३ डिग्री सेल्सियस पुग्ने सम्भावना छ,” मौसमविद् सापकोटा भन्छन्, “विहानबाट नै रहेको बदली भने साँझ ६/७ बजेसम्म रहन्छ ।” पश्चिमी क्षेत्रमा वर्षाको सम्भावना रहे पनि काठमाडौं र पूर्वी नेपालमा भने पानी पर्ने सम्भावना नरहेको उनको भनाइ छ ।

पश्चिमी वायुका कारण अहिले सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भू–भागमा आँशिकदेखि समान्य बदली रहेको छ ।

आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने विभागले बताएको छ ।

वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको  छ । मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भू–भागमा विहान  कुहिरो लाग्ने सम्भावना भएकाले चिसो हुने हुनाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।