logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विरोधसभाका लागि तयारीमा दाहाल-नेपाल समूह (फोटोफिचर)


अंकुरण खबर
1.313K
Shares

प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षले आयोजना गरेको बृहत विरोध प्रदर्शन र सभाअघि काठमाडौं उपत्यकाका विभिन्न ५ स्थानबाट जुलुस निकाल्ने क्रम सुरु भएको छ ।

May be an image of 1 व्यक्ति, standing तथा घरबाहिर

माइतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौर क्षेत्रबाट जुलुस सुरु भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराइले जानकारी दिए । पाँचै स्थानको जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा परिणत हुनेछ ।

May be an image of एक वा थप मानिसहरू, people standing तथा घरबाहिर

यसैबीच सभाका लागि काठमाडौंको बसपार्क, राष्ट्रिय सभा गृह र भद्रकालीको बीचमा टी आकारमा बस्न मिल्ने गरी मञ्च तयार गरिएको छ । सभा र जुलुस व्यवस्थित बनाउन सयौँ स्वयम्सेवक परिचालन गरिएको छ ।

आजको विरोध सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, नेता जनार्दन शर्मा लगायतले सम्बोधन गर्ने तयारी छ ।

No description available.

No description available.