logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीलाई अमृताको प्रश्न – म अप्ठ्यारोमा परेँ भनेर संसदीय दलको बैठक किन राख्नु भएन ?


अंकुरण खबर
3.237K
Shares

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ अमृता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएकी छन् ।

बुधबार (नेकपा) दाहाल–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले प्रधानमन्त्री ओली संसदीय दलको नेता भए पनि एक पटक पनि संसदीय दलको बैठक नै नराखी संसद् विघटन गरेको अरोप लगाइन् ।

उनले पुस २५ गते पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको भए पनि प्रधानमन्त्री ओलीले पुस ५ गते नै संसद विघटन गरेको बताइन् । उनले पार्टी विधान अनुसार चल्ने भन्दै ओलीले बहुमतको कदर गर्न नसकेको आरोप लगाइन् ।

‘म एउटा प्रसितनिधि सभा सदस्यको हैसियतले एकदिन पनि उहाँले दलको बैठक राखेर म अप्ठ्यारोमा परे, मलाई सहयोग गर्नुहोस् भनेर दलको बैठक किन राख्नु भएन?’, ओलीलाई प्रश्न गर्दै उनले भनिन् ।

उनले नारायणहिटी अगाडि पश्चतापको आसु झारेको भन्दै पश्चताप गरेर फर्कन आग्रह समेत गरिन् ।