logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले पदसँग संविधान र संघीयता साटे : जनार्दन शर्मा


अंकुरण खबर
1.677K
Shares

नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले पदसँग संविधान र संघीयता साटेको बताएका छन्।

बुधबार नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले यस्तो बताएका हुन्।

‘संघीयतालाई पद र कुर्सीसँग साटे, संविधान पदसँग साट्ने काम भयो,’ उनले भने। उनले जनताको आवाज सुनिएन भने कुन दिन विद्रोह हुने चेतावनीसमेत दिए ।

‘ओम्नीहरुको नाममा जनताको जीवनमाथि खेलवाड गरिएको छ,’ उनले भने,‘संघीयता र गणतन्त्र समाप्त पार्ने जुन काम भएको छ, अब त्यसका विरुद्ध हामी संघर्षमा उत्रिसकेका छौं।’