पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा १ सय १८ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ८८ जना क्वारेन्टाइनमा छन्।
यस्तै, गत २४ घण्टामा ३ हजार ५ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा १ सय ३४ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ४ हजार ६ सय २६ पुगेको छ।