logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर ८८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा


अंकुरण खबर
767
Shares

देशभर हाल ८८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । ७२ जना आइसियु र १६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ३ जना संक्रमित आइसियुमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा ३७ आइसियु र १४ भेन्टिलेटरमा, गण्डकीमा ४ जना संक्रमित मात्र आइसियुमा छन् । लुम्बिनी प्रदेशमा २७ आइसियु र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा १ जना मात्र आइसियुमा छन् । सूदुरपश्चिम प्रदेशको कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।