सरकारले सरकारी प्रयोगशालामा कोरोना परीक्षण शुल्क घटाएको छ।
आज बिहान बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले सरकारी अस्पतालमा पीसीआर परीक्षणको शुल्क घटाउने निर्णय गरेको हो।
हाल सरकारी अस्पताल र निजी अस्पताल दुवैमा कोरोना परीक्षण शुल्क २ हजार रुपैयाँ लाग्दै आएको छ।
यस्तै बैठकले अब कोभिड-१९ को उपचार अस्पतालका रुपमा सरकारी अस्पताललाई मात्रै तोक्ने भएको छ।
हालसम्म कोभिड-१९ उपचार गरिरहेका निजी अस्पतालले अबको १० दिनसम्ममात्रै उपचार गर्न पाउनेछन्।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निजी अस्पतालको शोधभर्ना अबको १० दिनसम्म मात्रै लिइने भएको छ ।