भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।
निगमले बुधबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्य वृद्धि गरेको हो ।
पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ ।
ग्यासमा भने प्रतिसिलिण्डर २५ रूपैयाँले मूल्यवृद्धि गरिएको निगमले जानकारी दिएको छ ।
योसँगै काठमाडौं उपत्यकामा यसअघि प्रतिसिलिण्डर १३७५ रूपैयाँ पर्ने गरेकोमा अब १४०० पर्ने निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
निगमले हवाई इन्धनको मूल्य भने यथावत् कायम राखेको छ ।