logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रामकुमारी झाँक्रीलाई प्रहरीले बोलायो अपराध महाखाशा


अंकुरण खबर
1.196K
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले छलफलको लागि महानगरीय अपराध महाशाखामा बोलाएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि आक्रामक विरोध गर्दै आएकी नेत्री झाँक्रीलाई प्रहरीले बोलाएको हो ।

विरोध सभामा गरिएका भाषणमा भीभीआईपीलाई गालीगलौज गरेको भन्दै गृह मन्त्रालयको निर्देशनमा महानगरीय अपराध महाशाखाले छलफलका लागि बोलाएको महाशाखाका प्रमुख एसएसपी दिपक थापाले बताए ।

बुधबार मात्रै पनि झाँक्रीले प्रतिनिधिसभा विघटनको विरोधमा भएको विरोध सभालाई सम्बोधन गर्दै सन्की प्रधानमन्त्रीको प्याधा बन्ने एउटा महिलाको विषयमा बोल्न पाइने बताउँदै सार्वजनिक पदमा बसेपछि त्यसको लिङ्ग नहुने र ऊ सार्वजनिक पदधारी हुने जिकिर गरेकी थिइन् ।

उनले मुखको कालो टेप खोल्दै ‘निरङ्कुशताको साक्षी बस्नेविरुद्ध बोल्न पाइन्छ’ भनेकी थिइन् । उनले कुनै संस्थाको विरोधमा नभइ व्यक्ति र प्रवृत्तिका विरुद्ध बोलेको प्रस्ट परेकी थिइन् ।

कार्यक्रममा झाँक्रीले आफूविरुद्ध महिला अस्मिताको कुरा उठाउँदै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने महिला संघले भागरथी भट्टको न्यायका लागि ज्ञापन पत्र बुझाए की बुझाएनन् भन्दै प्रश्न गरेकी थिइन् ।

झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि आफूलाई ज्यानको खतरा रहेको सामाजिक संजालमार्फत बताएकी थिइन् ।