logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिलाको विदेश भ्रमणबारे कुनै निर्णय भएको छैन : अध्यागमन विभाग


अंकुरण खबर
3.042K
Shares

पहिलो पटक विदेश भ्रमणमा जान चाहने महिलाले परिवारको सहमति र वडा कार्यालयको सिफारिस लिनुपर्ने गरी आन्तरिक कार्यविधि संशोधन गर्न लागिएको भन्दै आएका समाचारमा सत्य नभएको भन्दै अध्यागमन विभागले जनाएको छ ।

विभागले बिहीबार एक विज्ञप्ति जारी गरी समाचारमा आएजस्तो नभई खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने र आफ्ना यात्राबारे सामान्य जानकारीसमेत नभएका महिलाका लागि आवश्यक पर्न सक्ने विषयमा अनौपचारिक छलफल मात्र भइरहेको विभागले जनाएको छ ।

‘यस विषयमा हालसम्म कुनै निर्णय नभएको जानकारी गराउँदै यस्ता सार्वजनिक विषयहरूमा निर्णय गर्दा संविधानप्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आम जनताको धारणा र कार्यान्वयन सहजतासमेत हेरी नागरिको मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने बेहोरोसमेत सम्बन्धित सबैमा जानकारी गराइन्छ’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।