logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रामकुमारीलाई पक्राउ गर्न निवासमै प्रहरी पुगेपछि नाराबाजी


अंकुरण खबर
1.144K
Shares

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि उनको घरमै नाराबाजी शुरु भएको छ ।

झाँक्रीले राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बिहीबार बिहान कार्यालयमा उपस्थित हुन भनेको थियो । तर बोलाउँदा नगएपछि उनलाई पक्राउ गर्न प्रहरीको टोली उनको निवासमै पुगेका हुन्।

अहिले अनेरास्ववियूका नेता–कार्यकर्ताहरूले उनको शंखमूलस्थित घरको प्रांगणमा नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीहरुले रामकुमारी झाँक्री हाईहाई, केपी ओली बाईबाई भन्ने नारा लगाएका छन् ।

यसअघि झाँक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिँदै आएको थियो ।