logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घरबाटै रामकुमारी झाँक्री पक्राउ, कसुर प्रमाणित भए ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने


अंकुरण खबर
871
Shares

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि दिएको अभिव्यक्ति राज्यविरोधी भएको भन्दै प्रहरीले केहिबेर अघि झाँक्रीको निवास पुगेर  प्रक्राउ पुर्जी दिएको हो । त्यसलगत्तै उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

नेतृ रामकुमारी झाँक्रीविरुद्ध प्रहरीले मुलुकी अपराध सहिंताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ गरेको छ ।

धारा ५७ मा कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दवाव दिन नहुने उल्लेख गरिएको छ ।

झाँक्रीलाई यही दफा थमाएर पक्राउ गरेको प्रहरीले कसुर प्रमाणित भए ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था मुलुकी अपराध सहिंताको दफा ५८ को २ मा उल्लेख छ ।

झाँक्रीको घरमा प्रहरी पुगेको थाहा पाएलगत्तै उनका समर्थकहरुले सरकारविरुद्ध नाराबाजी गरका छन् ।