कोरोना भाइरसविरुद्धको खोपका दुबै मात्रा लिएका व्यक्तिहरुले अनिवार्य क्वारेन्टिन बस्न नपर्ने अमेरिकाको स्वास्थ्य सम्बन्धी नियामक निकायले जनाएको छ ।
अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्र ‘सीडीसी’ले फाइजर बायोनटेक वा मोडर्ना खोपको दुवै मात्रा पूरा गरेको दुई सातापछि संक्रमितको सम्पर्कमा पुगे पनि क्वारेन्टिनमा बस्न नपर्ने जनाएको हो ।
खोपको दोश्रो मात्रा लिएको चौध दिनमा पूर्णरुपमा रोग प्रतिरोधी क्षमता बन्ने भएकाले यो अवधि पूरा गरेकालाई खोप पूरा गरेका मानिने सीडीसीले जनाएको छ । अन्य स्वास्थ्य सुरक्षा सावधानी जरुरी भएपनि संक्रमितको सम्पर्कमा आउने वित्तिकै क्वारेन्टिन बसिहाल्नु नपर्ने उसको भनाइ छ ।
कोरोनाविरुद्धको खोपले कहिलेसम्म सुरक्षित बनाउँछ भन्ने अझै स्पष्ट छैन । तर खोप पूरा गरेको तीन महिना पुगेकालाई भने संक्रमितको सम्पर्कमा आए फेरि क्वारेन्टिनमा बस्न केन्द्रले सुझाव दिएको छ । एजेन्सी