नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेतृ झाँक्रीले प्रहरीले राज्यविरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी आफूलाई गिरफ्तार गरिएको जानकारी गराएकी छन् ।
प्रहरीले आफूलाई गिरफ्तार गरेपछि अनुसन्धान मिन भवनमा रहेको जानकारी गराउँदै उनले सबै साथिहरूले धैर्य गर्न आग्रह गरेकी हुन् ।
यस्तो छ उनको ट्वीट:
राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु।
सबै साथिहरूले धैर्य गर्नुहोला।
यो अन्तिम लडाई हो।आफ्नो ठाउँमा डटौं।
— Ram kumari Jhakri (@Jhakri_didi) February 11, 2021