logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना


अंकुरण खबर
1.742K
Shares

पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताईन् । ‘शुक्रबारदेखि आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ’, उनले भनिन्

मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभावले ठूलो पानी पर्ने सम्भावना नरहे पनि हिमपातका कारण तापक्रम घट्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाभित्र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु/कुहिरो लाग्नसक्ने हुँदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

हाल देशभर मौसम सामान्यतया सफा रहेको छ र तराई तथा पहाडका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो वाग्मती, गण्डकी र प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ । रासस