नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेता गगन थापाले आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौती दिएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेखेर थापाले सरकार कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोकतान्त्रिक कार्यमा अग्रसर भएको भन्दै उनले प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाएका छन् ।
कांग्रेस नेता थापाले प्रश्न गर्नेलाई तर्साउन खोज्ने भन्दै कडा प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले लेखेका छन्–‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।’