नेकपा दाहल-नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर अन्तर्गत प्रहरीले प्रक्राउ गर्नु गैर कानुनी भएको दबी गर्दै सर्वोच्च अदालतमा रिट निबेदन दर्ता भएको छ ।
अभिवक्ता गुणराज आचार्यले झाँक्रीको रिहाइका लागि वन्दिप्रत्यक्षिकरण रिट दर्ता गरेका हुन ।
राष्ट्रपति बिरुद्ध आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै झाँक्रीलाई मुलुकी अपराध सहिंताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ । आरोप प्रमाणित भएमा झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था मुलुकी अपराध सहिंताको दफा ५८ को २ मा उल्लेख गरिएको छ ।
भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रहरीले झाँक्रीलाई बिहीबार बिहान उनकै निवासबाट पक्राउ गरेको थियो।


