logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झाँक्रीलाई रिहा नगरे आन्दोलनको आँधीबेहरी ल्याउने युवा संघको चेतावनी


अंकुरण खबर
728
Shares

नेकपानिकट राष्ट्रिय युवा संघले नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा नगरे देशव्यापी विरोधका आँधीहुरी सिर्जना गर्ने चेतावनी दिएको छ ।

संयोजक रामप्रसाद सापकोटा दीपशिखाले एक वक्तव्य जारी गर्दै झाँक्रीको गिरफ्तारीका विरुद्ध आन्दोलनको आँधीबेहरी सिर्जना गर्न ७७ वटै जिल्ला कमिटीलाई निर्देशन दिएका हुन् ।

‘कमरेड रामकुमारी झाँक्रीको गिरफ्तारी निरङ्कुश कामचलाउ सरकारको हतास मानसिकताको उपज हो,’ वक्तव्यमा भनिएको छ, ‘कमरेड झाँक्रीलाई विनाशर्त तत्काल रिहाइ नगरे राष्ट्रिय युवा संघ नेपालले देशव्यापी रूपमा विरोधको आँधीबेहरी सिर्जना गर्ने समेत चेतावनी दिन चाहन्छौं । उक्त आन्दोलनबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार प्रतिगामी, निरंकुशतावादी कामचलाउ केपी ओली सरकार रहनेछ ।’

सापकोटाले आफ्नै वक्तव्यलाई आधार मानी ७७ वटै जिल्ला कमिटीलाई आन्दोलन गर्न निर्देशनसमेत दिएका छन् ।