logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचनका लागि तयार रहन देउवाको निर्देशन


अंकुरण खबर
637
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्धा अदालतमा विचाराधिन भएकाले यस बारेमा नेपाली कांग्रेसले बोल्न नमिल्ने दोहो¥याएका छन् ।

विभिन्न जनजाति संस्थाले पार्टी केन्द्रीय कार्यालय सानेपामा गरेको कार्यक्रममा सभापति देउवाले चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्था भएकाले निर्वाचनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधि सभा विघटन असंवैधानिक भएपनि निर्वाचनलाई असंवैधानिक भन्न नमिल्ने बताए । प्रतिनिधि सभाको पुनस्र्थापना र निर्वाचन दुवै संवैधानिक बाटो भएको उनको भनाई छ ।

नेपाली कांग्रेस समावेशी पार्टी भए पनि उल्टो प्रचार हुने गरेको भन्दै वक्ताहरुले गुनासो गरेका थिए ।