नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेको हो ।
राष्ट्रपतिविरुद्ध गाली गलौजको अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार दिउँसो १ बजे घरबाटै पक्राउ गरि अनुसन्धानको लागि भन्दै अपराध अनुसन्धान विभागमा राखिएको थियो । करिब ५ घण्टा पछि झाँक्रीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए ।
रिहा पछि शुभचिन्तक तथा पत्रकारसंग संक्षिप्त कुरा गर्दै उनले आफुलाई जनताको चर्को दबाब खप्न नसकेर रिहा गरेकाले प्रतिगमनविरुद्धको आन्दोलनमा अझै सशक्त भएर लाग्ने प्रतिक्रिया दिइन् ।