logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगञ्जमा सशस्त्र प्रहरी र बालुवा तस्करबीच झडप, दुई प्रहरी घाइते


अंकुरण खबर
1.274K
Shares

वीरगञ्जको ओरिया खोलामा नेपाली भूमि प्रवेश गरेर बालुवा तस्कर गरिरहेका भारतीय र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपमा दुई प्रहरी घाइते भएका छन् ।

नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा उतखनन गर्न आएका भारतीय तस्करलाई रोक्ने क्रममा झडप हुँदा दुईजना जवान घाइते भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

झडपमा परी २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका छन। उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका-१ पिपडारीमा पर्ने ओरिया खोलाबाट वर्षेनी भारतीय बालुवा तस्करले बालुवा उत्खनन गरेर लैजाने गरेका छन् ।