logo
  • बुधबार, कार्तिक २६, २०८३ / Wednesday, Nov, 11 ,2026

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा दुबै पक्षको सवाल जवाफ आइतबार


अंकुरण खबर
1.69K
Shares

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा दुबै पक्षको बहसमा उठेका प्रश्नको जवाफ आइतबार दिइने भएको छ ।

विपक्षीतर्फ र निवेदकका तर्फबाट सबै कानुन व्यवसायीले हिजो बहस सकाएका छन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली तथा सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायीहरूले बहस सकेका हुन् । अब आइतबारदेखि बहसमा उठेका प्रश्नमा निवेदकका तर्फबाट जवाफ दिइने छ ।

जवाफपछि अदालतको आदेशअनुसार नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनबाट सिफारिस भएका एमिकस क्यूरीले इजलासलाई राय दिने क्रम सुरु हुनेछ । इजलासले १३ निवेदनका निवेदकहरूलाई समन्वय गरेर बढीमा पाँच जनाले जवाफ दिन आग्रह गरेको छ ।

यद्यपि बुधबार इजलासमा उक्त विषयमा सहमति भएन । सबै निवेदकले जवाफ दिने आसय जनाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्यसलाई अस्वीकार गरेका थिए । अन्य न्यायाधीशहरूले पनि आपसमा समन्वय गरेर सङ्ख्या तय गर्न आग्रह गरेका थिए ।